इद अल–फित्रकाे अवसरमा तालिबान र अफगानिस्तानबीच युद्धविरामको घाेषणा

बिद्रोही संगठन तालिबानले अफगानिस्तानमा तीन दिने युद्धविरामको घोषणा गरेको छ। मुस्लिमहरुको पवित्र महिना रमजान (रमदान) को अन्त्यपछि मनाइने इद अल–फित्रका लागि युद्धविराम भएको हो।

तीन दिनका लागि युद्धविराम गर्ने सम्बन्धमा तालिबान अफागन सरकारसँग सहमतिमा पुगेको हो। आइतबारदेखि सो युद्धविराम लागु भएको छ। 

अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले युद्धविरामको घोषणाको स्वागत गरेका छन्। आफ्ना सुरक्षाकर्मीले सहमतिका शर्तहरुको पालना गर्ने उनले बताएका छन्।

पछिल्ला हप्ताहरुमा तालिबान लडाकुले सरकारी सेनामाथिको आक्रमण बढाएका थिए। तर इदलाई लक्षित गरेकार अल्पकालीन युद्धविराम गरेका छन्।
 
तीन दिने युद्धविरामलाई दीर्घकालीन शान्ति वा लामो समयदेखि चल्दै आएको युद्ध अन्त्यको प्रस्थान विन्दुका रुपमा प्रयोग गर्न सकिने बताइएको छ।

सन् २०१८ मा पनि इदलाई लक्षित गरेर यस्तै युद्धविरामको घोषणा भएको थियो, तर त्यसबेला युद्धविराम लम्बिएको थिएन। 

प्रकाशित मिति: : 2020-05-24 06:47:05

प्रतिकृया दिनुहोस्