कर्णाली प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। यससँगै संक्रमितकाे संख्या चार पुगेकाे छ।
शनिवार प्रदेश अस्पताल सुर्खेतकाे ल्याबमा पिसिआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा पोजिटिभ देखिएपछि पुन: परीक्षणका लागि नेपालगन्ज पठाउँदा समेत पाेजिटिभ देखिँदा कन्फर्म गरिएकाे प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए।
उनका अनुसार संक्रमित तीनैजना बिहीबार भारतबाट आएका हुन। उनीहरु सबैकाे बबईमा आरडीटी परीक्षण गरिएको थियो। आरडीटी पोजिटिभ देखिएपछि पीसीआर परीक्षण गर्दा र नेपालगन्जमा क्रस भेरिफाई गर्दा समेत संक्रमण देखिएपछि कर्णालीमा संक्रमितकाे संख्या ४ पुगेकाे हाे।
यसअघि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो भने उनीहरु चारै जनालाई प्रदेश अस्पताल सुर्खेतमा उपचार थालिएको छ।