मुस्लिम अल्पसंख्यकमाथि दमन गर्ने दुई चिनियाँ कम्पनी अमेरिकाकाे कालाेसूचीमा

बिएल संवाददाता

काठमाडाै‌ं

अमेरिकाले चीनका ३३ कम्पनी र संस्थालाई कालोसूचीमा राख्ने तयारी गरेको छ।

कथित रुपमा चीनसँग जोडिएका र मुस्लिम अल्पसंख्यकलाई दमन गरिरहेका चिनियाँ कम्पनी र संस्थालाई अमेरिकाले कालोसूचीमा राख्ने तयारीमा गरेको हो। 

कालोसूचीमा पर्ने कम्पनी आर्टिफिशियल इन्टेलिजेन्स (एआई) र फेशियल रिकग्निशनजस्ता प्रविधिको क्षेत्रमा काम गर्छन्।

अमेरिकी अर्थ मन्त्रालयले एक भनेको छ, ‘सात कम्पनी र दुई संस्थालाई सूचीमा राखिएको छ। उनी विगर र अन्य व्यक्तिहरुको मानवाधिकारको हनन गर्ने चिनियाँ अभियानसँग सम्बन्धित थिए। यसमार्फत्, ठूलो संख्यामा मानिसहरुलाई बिनाकारण पक्राउ गरिन्छ। उनीहरुलाई नियन्त्रणमा लिएर मजदुरी गराइन्छ र उच्च कोटीको प्रविधिको सहारामा उनीहरुमाथि निगरानी राखिन्छ।’

मन्त्रालयले अर्को एक बयानमा दुई दर्जन बढी कम्पनी, सरकारी संस्था र व्यावसायिक संगठनलाई पनि चिनियाँ सेनाका लागि सामना आपूर्ति गरेका कारण कालोसूचीमा राखिएको जानकारी दिएको छ।  

अमेरिकाका थुप्रै ठूला कम्पनीले यी क्षेत्रमा भारी लगानी गरेको छ. जसमा इन्टेल कर्प र एनविडिया कर्प समावेश छन्।

चीनको कालोसूचीमा पारिएका कम्पनीमा नेटपोसा पनि समावेश छ। यसले चीनको एउटा ठूलो एआई कम्पनीको फेसियल रिकग्निशनमाथि काम गर्ने सहयोगी कम्पनीसँग मिलेर मुसलमानमाथि निगरानी गर्ने कार्यमा लिप्त भएको आरोप लगाइएको छ।

कोरोना भाइरसको महामारीपछि दुई देशबीचको तनाव थप बढेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार कोरोनाभाइरसलाई चीनको प्रयोगशालामा बनाइएको हो र यसबारे आफूसँग पर्याप्त प्रमाण पनि छ।

प्रकाशित मिति: : 2020-05-23 13:13:07

प्रतिकृया दिनुहोस्