संविधान संशोधनको विषयमा कांग्रेस र जसपाबीच छलफल हुँदै

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले गर्न लागेको संविधान संशोधनको विषयमा नेपाली का‌ंग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच बूढानीलकण्ठमा छलफल भइरहेको छ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन हुन लागेको छ।

 त्यसमा दुई तिहाई बहुमतका लागि कांग्रेसलगायत अन्य दलको पनि आवश्यकता पर्न सक्छ।  सोही संशोधनमा मधेसी लगायत अन्य समुदायले माग गरेको संविधान संशोधनलाई पनि समावेश गराउने विषयमा दुई दलबीच छलफल भइरहेको बताइएको छ।

यसअघि मधेसी दलहरुले लामो समयदेखि संविधान संशोधनको माग राख्दै आएका थिए।

उनीहरु प्याकेजमै संविधान संशोधनका लागि सरकारलाई आग्रह गरिरहेको छन्।

संविधान संशोधनको विषयमा सरकारसँग पटक पटक सहमति भए पनि हालसम्म संशोधन नभएको दावी मधेसी दलको छ।
 

प्रकाशित मिति: : 2020-05-23 12:02:16

प्रतिकृया दिनुहोस्