भूमि–व्यवस्थामन्त्री अर्यालद्वारा उपराष्ट्रपतिलाई नेपालको अध्यावधिक नक्सा प्रदान

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमन्त्री उपराष्ट्रपति नन्दबहादुर पुनलाई पद्‍माकुमारी अर्यालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा प्रदान गरेकी छिन् । शुक्रबार साँझ उपराष्ट्रपति भवन, हरितगृहमा  पुगेर उक्त अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गरेकी हुन्।

सो अवसरमा उपराष्ट्रपति पुनले नेपाली जनताका लागि गौरवपूर्ण र ऐतिहासिक निर्णयका लागि सरकारलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: : 2020-05-22 23:14:56

प्रतिकृया दिनुहोस्