कारोनाबाट मृत्यु भएकी महिलाको शिशु डिस्चार्ज

कारोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित आफन्त अस्पतालबाट डिस्चार्ज भएका छन्।

धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका उनीहरुमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।

सुरुमा शिशुमा हल्का जन्डिस देखिएको थियो। शुक्रबार पुनः जाँच गराउँदा बाल रोग विशेषज्ञले निको भइसकेको र डिस्चार्ज गर्न योग्य भएको निष्कर्ष दिएको अस्पतालले जनाएको छ।

अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरु एक साता क्वारेन्टाइनमा बस्नु पर्ने छ। त्यसपछि आरडीटी गरी घर पठाइने छ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरालाई जन्म दिएर डिस्चार्ज भई घर गएकी सुत्केरीको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि धुलिखेल ल्याउँदै गर्दा जेठ २१ गते मृत्यु भएको थियो।

पीसीआर जाँचका क्रममा रिपोर्ट पोजेटिभ आएपछि महिलाको मृत्युलाई नै कोरोनाबाट भएको नेपालको पहिलो मृत्यु घोषणा गरिएको थियो।

याे पनि– सावधानी अपनाउन नसक्दा कोरोनासँगको युद्व हारेकी सावित्री

प्रकाशित मिति: : 2020-05-22 14:27:53

प्रतिकृया दिनुहोस्