उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई बमले उडाउने धम्की !

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन्।

मती नगर पुलिस स्टेशनका अनुसार शुक्रबार बिहान बम प्रहार गरी ज्यान मार्ने धम्की दिएका हुन्। उनलाई सामाजिक संजाल व्हाट्सएपमा ज्यान मार्ने धम्कीसहितको सन्देश पठाइएकाे छ।

भारतीय प्रहरीले यसलाई विशेष समुदायमाथिको खतरा भन्दै सावधान रहन आग्रह गरेको छ। घटनाको आवश्यक छानबिन गर्न गोमती नगर पुलिस स्टेशनमा उजुरी दिइएको छ।

प्रकाशित मिति: : 2020-05-22 12:53:57

प्रतिकृया दिनुहोस्