जंगलमा फुटबल खेल्दै राष्ट्रिय टिमका मिडफिल्डर बिक्रम

सेतोपाटी

काठमाडौँ

निशा भण्डारी

लकडाउनका कारण घरै बस्नुपर्दा खेलाडीलाई व्यायाम र अभ्यासका लागि उपयुक्त स्थान अभाव छ। त्यसैले उनीहरूले अभ्यासका लागि नयाँ-नयाँ तरिका अपनाइरहेका छन्। कसैले बैठक कोठामै प्रशिक्षण गरेका छन्, कसैले घरको छतमा म्याट बिछ्याएका छन्।

राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामालाई भने व्यायाम गर्ने ठाउँ साँघुरो भयो भनेर चिन्ता छैन। ललितपुरको झरुवाराशीको जंगल उनको प्रशिक्षण स्थान बनेको छ।

उनले बल निकै मिस गरेका छन्। त्यसैले होला बेलाबेला खुट्टाले बललाई यताउता हान्छन्।

'बानी नछुटोस् भनेर कहिले बल भित्तामा हान्छु, कहिले ड्रिल गरेर बस्छु,' उनले भने।

प्रकाशित मिति: : 2020-05-22 08:21:42

प्रतिकृया दिनुहोस्