क्वारेन्टाइनमा बसेकी महिलाको बनाइयाे अश्लिल भिडियो, सामाजिक संजालमा पोस्ट गर्ने धम्की

भारतको मध्य प्रदेशको सागर जिल्लामा क्वारेन्टाइन सेन्टरमा २२ वर्षीया महिलाको अश्‍लिल भिडियो बनाएको आरोपमा दुईजना पक्राउ परेका छन्।

प्रहरीले दुबै २० वर्षे आरोपीहरुलाई बुधवार राति पक्राउ गरेको जनाएको छ। आरोपितहरूले महिलालाई धम्की दिए भिडियो बनाएका थिए। उक्त भिडियो सामाजिक संजालमा  हाल्दिने धम्कि दिएका थिए। 

सागर जिल्लाको गारहकोटाका इन्चार्ज राजेश बञ्जाराका अनुसार उजुरी गर्ने महिला  इन्दौरबाट फर्केकी थिइन्। उनलाई एउटा स्कूलमा अलग्गै राखिएको थियो।

उक्त महिला गत साता क्वारेन्टाइन सेन्टर बाहिर एउटा अस्थायी बाथरूममा नुहाउँदै थिइन्। त्यही बेला दुई आरोपीले उनको भिडियो बनाएका थिए। 

आरोपीले क्लिपलाई सामाजिक संजालमा अपलोड गर्ने धम्की दिए। ती दुबैविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको उनले जनाकारी दिए।
 

प्रकाशित मिति: : 2020-05-22 08:04:02

प्रतिकृया दिनुहोस्