प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या ७६ पुगेको छ।
बुधबार राति अद्यावधिक गरेको विवरण अनुसार प्रदेश १ को झापामा १५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भएसँगै कोरोना संक्रमण पुष्टि भएको जम्मा संख्या ७६ पुगेको हो।
यहाँ निको हुनेहरुको संख्या २६ रहेको छ। पीसीआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ। आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको प्रदेश १ ले जनाएको छ।
यसैबीच झापामा बुधबार देखिएका १५ जना कोरोना संक्रमित मध्ये कचनकवलका १० जना रहेको जनाइएको छ।
झापामा संक्रमित हुनेको २७ पुगेको छ। बुधबार राति पुष्टि भएकाहरु झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु भएको खुलेको छ।