झापा, धनकुटा र सुनसरीका १७ जनामा कोरोना, संक्रमित ४४४ पुगे

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा थप १७ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्। पछिलो पटक झापा, धनकुटा र सुनसरी जिल्लामा कोरोना संक्रमित फेला परेका हुन्। 

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताए। 

कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन्। उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन्।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन्।

उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ।

प्रकाशित मिति: : 2020-05-21 07:29:41

प्रतिकृया दिनुहोस्