अम्पुन आँधीका कारण भारतको पश्चिम बंगाल तथा ओडिशामा जनजीवन प्रभावित भएको छ।
पश्चिम बंगलामा अम्पुनका कारण कम्तिमा दुईजनाको ज्यान गएको छ। कोलकातामा आँधीको प्रभाव बढी परेको छ। ओडिशामा पनि अम्पुनका कारण एक बालिकाको ज्यान गएको छ।
बंगालको खाडीबाट उढेर बुधबार दिउँसो जमिनमा ठोक्किएको अम्पुनका कारण तीव्र गतिमा हावा चल्नुका साथै भीषण वर्षा भइरहेको छ।
ओडिशाका धेरै क्षेत्रबाट आँधी अघि बढेको छ। तर भद्रक र बालासोरमा भने अझै पनि तीव्र गतिमा हावा चलिरहेको छ।
तर पश्चिम बंगालको उत्तरी तथा दक्षिणी २४ परगना, इस्ट मिदनापुरसहितका क्षेत्रमा आँधी जमिनमा ठोक्किएको छ। सो क्षेत्रमा तीव्र गतिमा हावा चलिरहेको छ।