अमेरिकी अन्वेषकहरूकाे दावी, मोबाइलमा खोकेर वा हाछ्युँ गरेर आफैँले कोरोना जाँच्न सकिन्छ

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी अनुसन्धानकर्ताहरूको एक टोलीले स्मार्टफोनमा हाछ्युँ वा खोक्दा कुनै व्यक्तिमा कोरोना भाइरसकाे संक्रमण छ वा छैन भनेर जाँच्ने प्रविधि चाँडै प्रयाेगमा ल्याउने दावी गरेका छन्।

 यसका लागि टोलीले सेन्सर बनाउँदैछ जुन फोनमा जडान गरिन्छ।

अनुसन्धानकर्ताहरूको टोलीले भन्छन्, ‘स्मार्टफोनमा सेन्सर जडान गर्दा यसले एक मिनेटमा पत्ता लगाउँदछ कि हाछ्युँ वा खोक्ने व्यक्तिलाई कोभिड–१९ छ वा छैन।’

सेन्सर विकास टोलीका प्रमुख, प्राध्यापक मसूद तबीब अजहरले यो सेन्सर बनाउने काम करिव एक वर्ष अघि सुरु गरेको बताए।

उनले भने,‘ हाम्रो उद्देश्य भाइरस पत्ता लगाउनु हो। उपकरणको प्रोटोटाइप एक इन्च चौडा छ। तपाईं यसलाई ब्लुटुथमार्फत् स्मार्टफोनमा जडान गर्न सक्नुहुन्छ।’

प्रयोगकर्ताले आफ्नो फोनको चार्जिंग पोर्टमा सेन्सर राखेर एप प्रयोग गर्नुपर्छ। एक मिनेट पछि रिपोर्ट मोबाइल स्क्रिनमा आउनेछ।

अमेरिकामा गएको २४ घण्टामा कोरोना भाइरसको कारण १५ सय व्यक्तिको मृत्यु भएको छ। यससँगै मर्नेहरूको संख्या ९० हजार नाघेको छ।
 

प्रकाशित मिति: : 2020-05-20 13:20:23

प्रतिकृया दिनुहोस्