जिल्ला प्रशासन कार्यालय बाराले व्यापार गर्न आलोपालो समय तोकेको छ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले एक सूचना जारी गर्दै बिहान ५ बजेदेखि ९ बजेसम्म र ११ बजेदेखि दिउँसो २ बजेसम्म खाध्यन्न पसल खोल्न दिने निर्णय गरेको जानकारी दिए।
स्वास्थ्य सेवामा संलग्न कर्मचारी , स्वास्थ्य सेवा प्रदायक संस्थाका कर्मचारी , विद्युत , दुरसंचार , खानेपानी , फोहोरमैला , पेट्रोलियम पदार्थ , तरकारी , दुध , ग्यास , तेल , घ्यु को ढुवानी तुल/व्यानर राखि ढुवानी गर्न आग्रह गरिएको छ।
साथै सिमेन्ट , डण्डी , जस्ता पाता , कोइला , विटुमिन तेल , क्लीङकर , क्वारेन्टाईन निर्माणका लागि आवश्यक सामग्री , निर्माण सामाग्री (वालुटा , ढुंगा , गिटी , ईटा)को ढुवानी बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म ढुवानी गर्न निर्देशन दिइएको छ।
यस्तै माछा,कुखुरा तथा सोको दाना,पशु आहाराको ढुवानी बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म गर्न आग्रह गरिएको छ।
यता भन्सार तथा सुख्खा बन्दरगाहरुबाट आयात हुने सामानहरुको हकमा भन्सार बिन्दुमा जारी गरिएको पासको आधारमा समान ढुवानी गर्न प्रशासनले आग्रह गरेको छ।
यस्तै कर्मचारी तथा कामदारहरुलाई आफू रहेकै ठाउँ वा आवासमा राखी संचालन गर्न सक्ने उद्योग तथा आयोजनाहरुले मात्र उद्योग तथा आयोजना संचालन गर्ने , अन्य शर्तमा संचालन नगर्न पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ।