दक्षिण सुडानी उपराष्ट्रपति र उनकी पत्नीलाई कोरोना संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। 

उपराष्ट्रपति ६० वर्षीय माशरकी पत्नी एजेलिना देशको रक्षामन्त्री छिन्।

उनमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो। कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो।

माशरका बडीगार्ड र केही सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको छ।

दक्षिण सुडानमा २ सय ९० जनामा कोरोना संक्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।  अहिलेसम्म दक्षिण सुडानमा ४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ।
 

प्रकाशित मिति: : 2020-05-19 08:46:30

प्रतिकृया दिनुहोस्