के साँच्चै दक्षिण एशियाका मानिसहरुमा कोरोनासँग लड्ने क्षमता बढी छ ?

रातोपाटी

काठमाडौँ

युरोप–अमेरिकातिर कोभिडका कारण भइरहेका मृत्युदर अत्यासलाग्दो रहँदा त्यसको तुलनामा दक्षिण एशियाका देशहरुमा चाहिँ त्यो सापेक्षित रुपमा निक्कै कम छ । आखिर यस्तो किन भयो ? यसका कारण के हुन सक्छन् ? मूलतः पाकिस्तानको सेरोफेरोमा केन्द्रीत रहेको तर दक्षिण एशियाका मुलुकहरुको अवस्थालाई समेत समेटेर अलजजिरामा प्रकाशित असद हासिमको यो रिपोर्टले खोतलेका तथ्यहरु नेपालका हकमा पनि निक्कै सान्दर्भिक र मिल्दोजुल्दो हुन सक्छ ।  

इस्लामावाद, पाकिस्तान । वैज्ञानिकहरु तथा जनस्वास्थ्यविद्हरु कमजोर स्वास्थ्य संरचना र घना जनसंख्या हुँदा हुँदा पनि दक्षिण एशियाका केही देशहरुमा कोरोनाभाइरसका कारण भएको कम मृत्युदरबारे अनुसन्धान गरिरहेका छन् । यतिखेर कम जनघनत्व भएका तथा बलियो स्वास्थ्य प्रणाली भएका पश्चिमा मुलुकहरुको तुलनामा कोरोनाभाइरसका कारण हुने मृत्युदर दक्षिण एशियाका मुलुकहरुमा कम छ ।

प्रकाशित मिति: : 2020-05-19 08:34:28

प्रतिकृया दिनुहोस्