कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट विश्वभर ३ लाख १९ हजार ८३८ जनाको मृत्यु भएको छ।कोरोना भाइरसबाट ४८ लाख ८५ हजार ९४५ जना संक्रमित भएका छन्।
संक्रमितमध्ये १९ लाख ३ हजार २०० जना संक्रमण मुक्त भएका हुन्। बितेको २४ घण्टामा ३ हजार ३१८ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ।
२६ लाख ६२ हजार ९०७ जनाको उपचार भइरहेको छ। उपचारारत मध्ये ४४ हजार ७५४ जनाको अवस्था गम्भीर छ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६३ हजार ६१९ जनाको मृत्यु भएको छ।
१७ लाख ९७ हजार ५२८ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ६०२ जना संक्रमणमुक्त भएका छन्।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४ हजार ७० जनाको मृत्यु भएको छ। संक्रमितको संख्या १७ लाख १० हजार ४० पुगेको छ।
यस्तै एसियाली मुलुकहरुमा २५ हजार १११ जनाको मृत्यु भएको छ। ८ लाख १८ हजार ९४७ जना संक्रमित भएका छन्।
दक्षिण अमेरिकी मुलुकहरुमा २४ हजार ५४ जनाको मृत्यु भएको छ। ४ लाख ५९ हजार ९७२ जना संक्रमित भएका छन्।
अफ्रिकी मुलुकहरुमा २ हजार ८४९ जनाको ज्यान गएको छ भने ९० हजार ७४ जना संक्रमित छन्।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२० जनाको मृत्यु भएको छ। ८ हजार ६६३ जना संक्रमित भएका छन्।