सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित, मन्त्री भन्छन्- याे निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिने छ

सरकारले पश्चिमको नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नेपालको नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो नक्शा पारित गरेको पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन्।

भूमिसुधार तथा व्यवस्था मन्त्री  पद्मा अर्यालले पेस गरेको सो नक्सासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा पारित भएको हो।

‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ। आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहनेछ। धन्यवाद प्रम केपी शर्मा ओली,’ पर्यटन मन्त्री योगेश भटराईले सामाजिक सञ्जालमा लेखेका छन्। 

आज नेपाल सरकारको मन्त्रिपरिसदको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहने छ । धन्यवाद प्रम केपी शर्मा ओली !

— Yogesh Bhattarai (@yogesbhattarai) May 18, 2020
प्रकाशित मिति: : 2020-05-18 19:43:58

प्रतिकृया दिनुहोस्