पूर्व फुटबलर रन्जितको तेस्रो रिपोर्ट नेगेटिभ

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रन्जित श्रेष्ठको रिपोर्ट नेगेटिभ आएको छ। 

हाल वैदेशिक रोजगारीको सिलसिलामा युएईको दुबईमा रहेका ३२ वर्षीय रन्जतिको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो।

उनी दुबईको एक होटलमा सेल्फ आइसोलेसनमा बसिरहेका थिए। ‘मेरो पछिल्लो टेस्ट नेगेटिभ आएको छ। मेरो टेस्ट गरेको दुबई हेल्ठ्ठ अथोरिटीले मलाई रिपोर्टबारे मेसेस पठाएको थियो ,’ रन्जतिले भने।

रन्जितले अब अर्को एक टेस्ट पनि हुने बताए। ‘अब अन्तिम एउटा टेस्ट हुन्छ। त्यो नेगेटिभ आएपछि म रुममा फर्कनेछु,’ रन्जितले भने।

एन्फा तेस्रो ब्याचका खेलाडी रन्जित सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीमा रहेका थिए।

याे पनि                                                                                                                                                                              राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रन्जितलाई कोरोना संक्रमण
प्रकाशित मिति: : 2020-05-18 19:33:03

प्रतिकृया दिनुहोस्