लकडाउनमा नातिनीका लागि दूध लिन निस्केका वृद्धको प्रहरीले खुट्टा भाँचिदियो

राम मण्डल 

कोरोना महामारीबीच जारी निषेधाज्ञामा नातिनीका लागि दूध लिन घरबाट निस्केका एक वृद्धको सोमबार प्रहरीले कुटपिट गरी खुट्टा भाँचिदिएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का ६७ वर्षीय नागेन्द्र पटेललाई प्रहरीले कुटपिट गरि खुटा भाँचिदिएको हो।आइतबार बिहान उनी नातिनीको लागि दूध लिनको लागि घरबाट पसल जाँदै गर्दा वीरगञ्‍ज बसपार्कस्थित प्रहरीले कुटपिट गरेको हो। कुटपिटबाट उनको दाहिने खुट्टा भाँचिएको छ।

पसल हिँडिरहेका वृद्धलाई प्रहरीले रोकेर किन घरबाट बाहिर निस्केको? कहाँ गइरहेको? भन्दै जथाभावी कुटपिट गरेका थिए। घाइते भएका उनलाई नेशनल मेडिकल कलेजमा उपचार गराइएको छ भने पटेलको खुट्टामा प्लास्टर गरिएको छ।

प्रकाशित मिति: : 2020-05-18 19:18:15

प्रतिकृया दिनुहोस्