भेरी नदीले बगाउँदा बालिका बेपत्ता

भेरी नदीले बगाउँदा  बन्गाड कुपिण्डे नगरपालिका–१ घाटगाउँका एक बालिका बेपत्ता भएकी छिन्।

आइतबार बेलुकी सात बजे साथीहरुसँग पानी लिन गएको समयमा चिप्लिँदा प्रेम विककी १० वर्षीया छोरी लक्ष्मी विकलाई भेरीले बगाएको थियो। 

आइतबार रातिको समयमा खोजी गर्न नसकेपछि बेपत्ता बालिकाको सोमबार बिहानैदेखि इलाका प्रहरी कार्यालय सल्लीबजारको टोली र स्थानीय द्वारा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नायब उपरिक्षक ढकेन्द्र खतिवडाले बताए। 

‘नदी धमिलो र पानीको सतह बढेका छ। पानी पनि धमिलो भएकाले बेपत्ता भएकी बालिकाको खोजी गर्न कठिनाइ भइरहेको छ,’उनले भने।
 

प्रकाशित मिति: : 2020-05-18 14:46:42

प्रतिकृया दिनुहोस्