स्वाथ्य सामग्री ल्याउन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसविरुद्धको अभियानका लागि आवश्यक पर्ने सामग्री चीनबाट ल्याउने जिम्मा पाएको नेपाली सेनाले पाएकाे छ। उक्त सामग्री ल्याउनका लागि सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान  चीन जाने भएकाे छ। 

विमान सोमबार बेलुका पौने ८ बजे चीन तर्फ जाने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। 

जीटूजी मार्फत चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनाले पाएको थियाे। सोही प्रक्रिया अन्तर्गत सामान ल्याउनका लागि सोमबार विमान चीन जान लागेकाे हाे। 

चीनबाट दुई अर्बमा ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको उनले बताएका छन्।

विमानले मंगलबार बिहान ६ बजे सामान लिएर आउने छ। यसअघि शनिबार स्थलमार्ग हुँदै ल्याइएको सामान काठमाडौं आइपुगेको थियो।

प्रकाशित मिति: : 2020-05-18 07:55:18

प्रतिकृया दिनुहोस्