कोरोना भाइरस संक्रमणका कारण अस्पतालमा रगत अभाव भएपछि युवा स्वयंसेवी समूहले जुम्लामा रक्तदान गरेको छ।
लकडाउनको समयमा कर्णाली स्वास्थ विज्ञान प्रतिस्ठानमा रगतको अभाव भएको र आकस्मिक बिरामीलाई स्वास्थकर्मीले रगत दिएको थाहा पाएपछि रक्तदान कार्यक्रम गरेको समूहका सदस्य धनराज सुनारले जानकारी दिए।
‘आम मानव जगतमा कोरोनाको र यसपछि भोकमरीको कारण मरिन्छकी भन्ने डर त छ,’ उनले भने, ‘यस्तो अवस्थामा अस्पतालमा रगतको कमीले कसैले पनि ज्यान गुमाउनु नपरोस भनी यो रक्तदान गरिएको हो।
कार्यक्रममा जम्मा १६ जनाले रक्तदान गरेका छन्।