गोरखाको पालुङटार नगरपालिका–९ घडेरी खोलामा मृत अवस्थामा चितुवा भेटिएको छ।
वयस्क पोथी चितुवा आइतबार बस्तीभित्र मृत भेटिएको हो।
‘बिहानसम्म चितुवाको चलिरहेको र श्वास रहेको जानकारी आएको थियो। उद्दार गर्न हाम्रो टोली पुग्दा मृत भेटियो,’ डिभिजन वन कार्यालयका प्रमुख तोयानाथ पौडेलले भने।
उनका अनुसार घटनास्थलमा दिसा र बान्ता छ तर चोटपटक छैन। ‘के कारणले चितुवा मर्यो यसै भन्न सकिएन,’उनले भने,‘विष खुवाएर चितुवा मारेको आशंका वन कार्यालयले गरेको छ।’
मृत्युको कारण पत्ता लगाउन पोस्टमर्टमका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवन लैजाने तयारी भएको पौडलले बताए।