कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि भारत सरकारले लकडाउनको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरिएकने छ।
कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।
बैठकमा लकडाउन बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन्।
‘प्रधानमन्त्रीले बन्दाबन्दी बढाउने सही निर्णय लिनु भएको छ। निर्णयलाई प्रधानमन्त्री आँफैले सार्वजनिक गर्नुहुनेछ’ ट्वीटरमा उनले लेखेका छन्।
यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन्।
पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसँग लकडाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसेकम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन्।