एकै महिनामा ३० हजार सुत्केरी स्वास्थ्य संस्थाको सम्पर्कबाहिर : सुत्केरी आमाको मृत्यु अघिल्लो चैतमा शून्य, यो चैतमा ५३

अर्जुन अधिकारी

कर्णालीको एम्बुलेन्स : जाजरकोटकी गर्भवती महिलालाई स्ट्रेचरमा बोकेर पीच बाटो हिँडेर अस्पतालतर्फ लग्दै स्थानीय बासिन्दा । कर्णालीका अधिकांश स्थानीय तहमा एम्बुलेन्स छैन, लकडाउनका कारण यातायातका साधन चल्दैनन् । कोरोना नियन्त्रणका लागि ११ चैतबाट लकडाउन सुरु भएपछि गर्भवती महिला नियमित जाँच गराउन र सुत्केरी हुन सहजै स्वास्थ्य संस्थामा पुग्न सकेका छैनन् । जसले उनीहरूको स्वास्थ्यमा जोखिम बढाएको छ ।तस्बिर : हेमन्त केसी/नयाँ पत्रिका

कोरोनाले देश र दुनियाँ त्रस्त छ, रोकथाम र उपचारका लागि अनेक प्रयत्न र बहस भइरहेका छन् । तर, यतिवेला सुत्केरी आमाहरूको स्वास्थ्य सुरक्षा छायामा परेको छ । अस्पतालसम्म पहुँच नपाएर, अस्पताल पुगे पनि उपचार नपाएर सुत्केरीको मृत्यु भइरहेको छ । कोरोनाका वेला बढेको मातृ मृत्युदर चिन्ताजनक छ । 

प्रकाशित मिति: : 2020-05-17 07:25:57

प्रतिकृया दिनुहोस्