भ्रम बोकेर अपूर्णमै रम्छ मानिस

थाहा खबर

काठमाडौँ

डा. नम्रता पाण्डे

ज्ञान जति बुझ्यो बुझेर सकिंदैन। सीप सिकेर सकिँदैन। ज्ञानको गहिराइ अहिलेसम्म कसैले भेटेको छैनI कतिपय मानिसलाई मैले धेरै जानिसकें भन्ने लाग्दछ तर त्यो त अल्पताले दिएको भ्रम मात्र होI विद्यालय शिक्षादेखि लिएर, विश्वविद्यालयसम्म, गोष्ठी सेमिनारदेखि विदेशी तालिमसम्म, प्रवचन, भाषण र उद्घोषणदेखि लेखन र प्रस्तुतिसम्मका ज्ञान सीप सिकिन्छ सिकाइन्छ तर पूर्ण हुँदैन।

साहित्य रचनात्मक कार्य, व्यावसायिक शिक्षा आदि इत्यादिको ज्ञान र सीप भए पनि ती कुनै स्रोतबाट सिकेर, जानकारीको आधारमा अभ्यस्त भएका ज्ञान हुन्I व्यवहार र सिकाइको आधारमा विषयगत ज्ञान र वस्तुगत ज्ञान, कुन स्तरको, के जानियो, के सिकियो, कहाँबाट सिकियो त्यो थाहा हुन्छ। तर, कहाँसम्म जान्नुपर्ने हो त्यसको लागि बाहिरी ज्ञानभन्दा पनि भित्री ज्ञानले महत्व राख्दछI भौतिक र आध्यात्मिक दुवै ज्ञान मानिसले लिन सक्दछ र लिएको पनि छI जो भौतिक कुरालाई मात्र जान्ने कोशिस गर्दछ उसलाई आध्यात्मिकताको रूचि नहुन सक्दछI
 

प्रकाशित मिति: : 2020-05-16 20:51:39

प्रतिकृया दिनुहोस्