सम्झनाका पानाहरू

सुमन गड़तोला

कुमारीकाटा बाक्सा

... उनी र म कुरा गर्दै स्कुल गएको अझै याद आउँछ।  स्कुल जान जति नै ढिला भए पनि उनले बाटोमा मलाई पर्खिरहन्थिन्।

हामी सँगै स्कुल जाने गर्थ्यौं। एकदिन शनिबार म स्कुल नजाँदा उनी रिसले चुर भएकी रहिछन्। सोमबार नुहाइ-धुहाइ गरि खाना खाएर स्कुलतर्फ लागेँ। उनी सधैं आफ्नो घर अगाडि मलाई पर्खिरहेकी हुन्थिन् तर त्यो दिन उनी घर अगाडि थिइनन्।

उनलाई सधैको ठाउँमा नदेख्दा उनको घरमा गएर आमालाई सोधेँ, ‘आमा आज सानु कहाँ गइन्?’

आमाले हत्तपत्त जवाफ दिनुभयो, ‘सानु त अघिनै स्कुल गइ त, किन आज तिमीलाई पर्खिनँ र?’ मैले ‘अह! पर्खिनन्,’ भन्दै ‘ल आमा ढिला भयो म पनि जान्छु,’ भने।...............  विस्तृतमा भाग १ 

 भाग २ 

पार्थना सकिए पछि साथीसँगै हामी पनि कक्षा कोठामा गयौं। कोठामा पुग्ने बित्तिकै उनले मलाई ‘तिमी मसँग रिसाएको हो?’ भनेर सोधिन्। जवाफमा मैले हाँस्दै भने,‘तिमीसँग म किन रिसाउनु नि, कहिल्यै पनि रिसाउने छैन।’

यति भन्नासाथ उनले हाँसेर भनिन्, ‘मेरो नक्कले हौ तिमी।’ त्यसपछि उनी सधै आफू बस्ने बेन्चमा गएर बिसिन्। अनि चिउडोमा हात राखेर म तिर हेरिरहिन्।

हामीबिच माया साटासाट हुँदा पनि मैले त्यो दिनसम्म प्रेम प्रस्ताव राखेको थिइनँ। हामी एकदमै मिल्ने साथीको रुपमा थियौ।

मेरा साथीहरूले उनीसँग आफ्नो मनको कुरा गर्न अह्राउँथे तर म उनको सामू गएर ‘म तिमीलाई मायाँ गर्छु, I Love You’ भन्नै सक्दिनथेँ। किनकि यो हाम्रो आत्मीय साथीको सम्बन्धलाई म गुमाउन चाहनन्न थिएँ।

एकछिन पछि नै कक्षामा गणित शिक्षक आएर पढाउनु भयो। सरले अंक गणितका केही हिसाबहरू सिकाएपछि केही गृहकार्यसमेत दिनुभयो।

म गणितमा कमजोर विद्यार्थी थिए। मलाई आपत आइलाग्यो। तर पनि उनी सानै देखि गणितमा धेरै अब्बल थिइन्। केही ढुक्क भएँ।

स्कुल छुट्टि भएपछि हामी सँगै घर निस्कियौं। बाटोमै उनले मेरो अनुहारतिर हेरेर ‘ तिमीलाई भोक लागेको छ हो’ भनेर सोधिन्। मैले जवाफ दिए, ‘खासै छैन।’

त्यसपछि उनले फेरि भनिन्, ‘मलाई पनि त्यस्तै भएको छ। बाटाको पसलमा पसेर बिस्कुट किनेर खाउँला नि त है।’

मैले हुन्छ भन्दै हामी अगाडि बढ्यौ।

अलि पर पुगेर पार्ले-जी बिस्कुट किनेर खादै हामी अगाडि बढ्यौं।  त्यो बिस्कुट खाइ नसकिँदै उनको घर आइपुग्यो।

अनि मैले उनलाई भने, ‘सानु एउटा कुरा सुनन्?’ अ!, भनन,’ मेरो गालामा प्याट्ट हिर्काउँदै उनले भनिन्।

‘आज बेलुकी मेरो घरमा आउ ल’, उनी छक्क परेजस्तो गरेर भनिन्, ‘किन आउनु नि!’

‘हामी दुबै जना मिलेर हिसाब गर्नुपर्छ क्या,’ मैले यति भन्नासाथ उनले भनिन्, ‘हुन्छ म पनि आज तिमीलाई एउटा कुरा भन्नु छ।’

त्यसपछि वाइ भन्दै हामी छुट्टियौं।

क्रमश...

प्रकाशित मिति: : 2020-05-16 10:00:00

प्रतिकृया दिनुहोस्