संकटमा सौन्दयकर्मी : कोरोना महामारीले ब्यूटी पार्लरको भविष्यमाथि ‘कालो बादल’

लोकान्तर

काठमाडौँ
विजय उत्सव

विश्वभर महामारी फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव हरेक क्षेत्रमा परेको छ । लकडाउनले व्यूटी पार्लर तथा नाई पसल बन्द हुँदा धेरैले समस्या भोगिरहेका छन् ।

घरभित्रै बस्नेहरूले जसोजसो घरकै सदस्य, छिमेकी वा आफन्तलाई कपाल कटाइरहेको दृश्य समेत सामाजिक सञ्जालमा देख्न पाइन्छ ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि देशभर जारी लकडाउन झण्डै २ महिना नजिक पुगिसकेको छ । कोरोना महामारी कम हुँदै जाँदा लकडाउन हट्ला, जनजीवन सहज बन्दै जाला तर प्रत्यक्षरुपमा ग्राहकसँग ‘टच’ भएरै सञ्चालन गरिने ब्यूटीपार्लर व्यवसायमा ‘सोसल डिस्टेन्स’ कायम गर्न सकिँदैन ।

कोरोना भाइरसको डर कहिलेसम्म रहला ? यसै भन्न सकिने अवस्था छैन । सीप सिकेर सौन्दर्य क्षेत्रमा आवद्ध रही स्वरोजगार बनेकाहरूको रोजीरोटी गुम्ने भय देखिएको छ । कोरोनाकै कारण सौन्दर्य पेशा बिस्तारै ओरालो लाग्दै जाने डरले थप चिन्ता र चासो देखिएको छ । ब्यूटी पार्लरको भविष्यमाथि कालो बादल मडारिएको छ ।

प्रकाशित मिति: : 2020-05-16 10:25:18

प्रतिकृया दिनुहोस्