ऊहानमा गरिएका परीक्षणको पाठ : कोरोनाबाट जोगिने अहिलेसम्मकाे आशा – खोप

रातोपाटी

काठमाडौँ

कोरोनाभाइरसको उत्पत्तिथलो अर्थात् मूल केन्द्रबिन्दू मानिएको चीनको उहानमा काममा फर्केका हज्जारौं मानिसहरु र लक्षण नै देखानपरेका मानिसहरुमा समेत गत महिना एन्टिबडी परीक्षण गरियो । यो परीक्षण मानिसहरुमा भएको प्रतिरोधी क्षमताको स्तरबारे जान्न र कोभिड–१९ को दोस्रो लहरबाट बच्नको लागि थालिएको थियो ।

परीक्षणको प्रारम्भिक नतिजा राम्रो र नराम्रो दुवै रह्यो– उहानका लागि र संक्रमणले बढी नै पिरोलेका संसारका अन्य ठाउँहरुका लागि पनि । राम्रो खबर के हो भने मानिसहरुम एन्टीबढीको मात्रा सुनिश्चित भएका केसहरुको अनुपातमा उल्लेख्य ढंगले धेरै छन् । यसले के संकेत गर्छ भने, त्यहाँ धेरै मासिनहरु थाहा नै नपाइकन, सामान्य वा लक्षणबिना नै बिरामी परेका थिए, र अहिले उनीहरु प्रतिरोधी भए ।

 

प्रकाशित मिति: : 2020-05-16 09:55:57

प्रतिकृया दिनुहोस्