चीनका ७ वटा बन्दरगाह प्रयोगलाई प्राथमिकता दिइने, आगामी वर्ष २ आन्तरिक विमानस्थलको काम सम्पन्न गरिने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले चीनसँग सम्झौता भएको ७ वटा बन्दरगाह प्रयोगलाई प्राथमिकता दिने भएको छ। 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि चीनका चार वटा सामुन्द्रिक र तीन वटा स्थल बन्दरगाह उपलब्ध भएको जनकारी दिइन्।

 त्यसैगरी सरकारले नेपालगन्जमा एकीकृत जाँच चौकी निर्माण गर्ने घोषणा गरेको छ। कैलालीको हरैयामा व्यापार विशेषक्षेत्र र कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह बनाइने भएको छ।

रसुवाके टिमुरेको बन्दरगाह आगामी आर्थिक वर्षमा र काठमाडौंको चोभरमा बनिरहेको बन्दरगाह दुई वर्षभित्र सञ्चालन गर्ने घोषणा पनि भएको छ।

हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, तथाप्लेजुङको आलाङुमा वैदेशिक व्यापारको सम्भाब्यता अध्ययन गरी पूर्वाधार निर्माण गर्ने घोषणा पनि भएको छ।

आगामी वर्ष २ वटा आन्तरिक विमानस्थलको काम सम्पन्न गरिने

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी वर्ष पूर्ण रुपमा बुटिक विमानस्थलको रुपमा सञ्चालन गर्ने भएको छ।  ४० वर्षपछि विमानस्थलको धावनमार्ग पुनःनिर्माण गरिएको बताउँदै राष्ट्रपति भण्डारी आगामी वर्ष पूर्णरुपमा बुटिक विमानस्थलका रुपमा सञ्चालन गर्ने बताइन्। 

त्यस्तै गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्षदेखि सञ्चालनमा आउने र पोखरा विमानस्थलको काम भैरहेको बताइन्।  यी विमानस्थल आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याउनेगरी काम भैरहेको बताइन्।

त्यस्तै प्रस्तावित निजगढ विमानस्थलको काम प्रारम्भ गर्ने समेत उनले बताइन्। त्यस्तै थप ८ वटा आन्तारिक विमानस्थलको धावनमार्ग कालोपत्रे भइरहेको जानकारी दिइन्। 

यस्तै उनले आठवटा आन्तारिक विमानस्थलबाट रात्रीकालिन उडान र अवतरण सुरु भएको बताइन्। आगामी आर्थिक वर्षभित्र २ वटा आन्तारिक विमानस्थलको काम सम्पन्न गर्ने पनि उनले बताइन्।

काभ्रे र तेह्रथुमको चुहाडाँडामा आन्तरिक विमानस्थलको काम अघि बढाइने उनको बताइन्।

प्रकाशित मिति: : 2020-05-15 18:22:21

प्रतिकृया दिनुहोस्