नेपालमा बढ्दै गइरहेको कोरोना संक्रमण : रोक्ने कसरी ?

रातोपाटी

काठमाडौँ

माया श्रेष्ठ

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउनको उपायलाई लागू गरेको छ तर दिनानुदिन कोरोना संक्रमितहरु फेला पर्ने क्रम बढ्दै गइरहेको छ । लकडाउनलाई मात्रै कोरोना नियन्त्रणको औजार बनाएको कारण संक्रमित फैलिँदैै गएको विज्ञहरु बताउँछन् ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि तथा फैलिन नदिनको लागि ‘समुदाय स्तरमा व्यापक रुपमा कन्ट्याक ट्रेसिङलाई बढाउनु विकल्प नभएको’ जनस्वास्थ्यविद् डाक्टर समीरमणि दीक्षित बताउँछन् । ‘लकडाउन र धेरै संक्रमति भएको ठाउँलाई सिलबन्दीमा मात्रै गरेर हुँदैन,’ उनी भन्छन्, ‘भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने कामलाई कडाइका साथ रोकथाम गर्नु  र सिलबन्दी गरेका जिल्ला–जिल्लामा पिसिआर टेष्टको दायरालाई फराकिलो बनाउनुपर्छ ।’

प्रकाशित मिति: : 2020-05-15 08:25:45

प्रतिकृया दिनुहोस्