जिल्लास्थित गोकर्णेश्वर नगरपालिका ८ आनन्दनगर रहेको आनन्द गणेश मन्दिरको नगद तथा मुर्ति चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने बर्ष १९ को सुजन तामाङ र बर्ष २० को पृथ्बी बि.क रहेका छन्।
उनीहरुले बुधबार राति मन्दिरको ताला फुटाएर नगद तथा मुर्ति चोरी गरेका थिए।
सडकमा लुकीछिपी हिडिरहेका उनीहरुलाई खानतलासी गर्दा बालगोपालको मुर्ति १ थान र ताला फोड्ने औजार समेत फेला परेको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ।