नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ। बिहीबार थप एक जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित व्यक्ति नवलपरासीको देवचुली नगरपालिकाका ४९ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।