पूर्वगृहमन्त्री भीम रावलका सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरको दुवाकोटामा बस्दै आएका थिए। केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए।
उनलाई हाल टेकु अस्पतालमा राखिएको छ। उनको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको बताइएको छ। तर उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए।
‘उनी एक महिना अघिदेखि घरायसी कामले विदामा बसेका थिए,’एक सुरक्षकर्मीले भने। नेपालमा हालसम्म २१७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।