भारतमा जारी लकडाउन बढ्ने संकेत

बिएल संवाददाता

नयाँदिल्ली

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जारी लकडाउन बढ्ने संकेत गरेका छन्। मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले नयाँ नियमसहित ‘लकडाउन–४’जारी रहने बताएका हुन्।

भारतमा अहिले लकडाउनको तेस्रो चरण जारी छ। मे ४ मा सुरु भएको लकडाउन मे १७ सम्म चल्नेछ। सोमबार मोदीले देशका विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्सिङबाट ६ घण्टा छलफल गरेका थिए। छलफलमा उनले मुख्यमन्त्रीहरुसँग १५ मे सम्म लकडाउनको मोडलका लागि सुझाव पेस गर्न आग्रह गरेका थिए।

७ राज्य महाराष्ट्र, बिहार, पञ्जाब, तेलंगाना, पश्चिम बंगाल, हिमाचल र असमले लकडाउन बढाउन सुझाव दिएका थिए।

मोदीले भने, ‘कोरोना संक्रमणसँग विश्वले लड्न थालेको चार महिनाभन्दा बढी समय भइसकेको छ। यस दौरान विश्वभर ४२ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। पौने तीन लाखभन्दा बढीको दुःखद् मृत्यु भएको छ।’

प्रकाशित मिति: : 2020-05-12 21:54:26

प्रतिकृया दिनुहोस्