पनाह फाउन्डेसनमार्फत नेपाली हेल्प लाइनको हजारौंलाई राहत

कोरोना भाइसका कारण भारतमा अलपत्र परेका हजारौं नेपालीलाई नेपाली हेल्प लाइनले राहत सहयोग गरिरहेको छ। यहाँका विभिन्न शहरमा नेपालीको बाक्लो उपस्थिति रहेको छ। कोरोना त्रासले भारतका सबै राज्यहरु बन्दाबन्दी (लकडाउन) मा छन्। यस्तो अवस्थामा कामविहिन बनेका नेपालीलाई छाकको जोहो गर्न समेत कठिन भएको छ।

केही वर्ष अघिदेखि सामाजिक कार्य गर्दै आएको नेपाली हेल्प लाइनले कोरोना महामारीको समय प्रवासी नेपालीलाई राहतको लागि सहयोग पुर्‍याएको नेपाली हेल्प लाइनका निर्देशक कारन केसीले जानकारी दिए।

केसीका अनुसार नेपाली हेल्प लाइनले अमदाबादमा मात्र एक हजार बढी नेपाली नागरिकलाई राहत वितरण गरेको छ। यो क्रम अहिलेसम्म जारी रहेको केसीले बताए।

नेपाली हेल्प लाइनले, गुजरातमा रहेको पनाह फाउडेन्सनको आर्थिक राहत फण्डको ग्रान्ट प्राप्त गरेको छ। पनाह फाउडेन्सनमार्फत अलपत्रका परेका नेपालीलाई नेपाली हेल्प लाइनले खाद्यान्न सहयोग गरेको हो।

हेल्प लाइनले दुई लाखको आर्थिक सहयोगमा नेपालीलाई राहत पुर्‍याएको हेल्प लाइनले बिएल नेपाली सेवालाई जानकारी दिएको छ।

पनाह फाउन्डेसन गुजरात, महाराष्ट्र लगायतका राज्यहरुमा प्रतिष्ठीत गैरसरकारी संस्था हो। पनाहले भारतमा राहतका लागि ५० लाख भन्दा धेरैको राहत वितरण गरेको छ। पनाह फाउन्डेसनले भारतको बिभिन्न राज्यमा रहेका नेपाली संघ–संस्थालाई समेत आर्थिक सहयोग दिएर अलपत्र परेका नेपालीलाई राहत दिएको छ।

पनाह फाउन्डेसनले नेपाली हेल्प लाइनमार्फत हालसम्म हाम्रो नेपाल हाम्रो नेपाली हैदरावाद, हाम्रो नेपाल हाम्रो अभियानका निरक बिष्ट, श्री पशुपति मानव सेवा ट्रस्टका अध्यक्ष बीर बहादुर  सोनी, नेपाली जनसम्पर्क समिति सूरत, नेपाली प्रवासी मञ्च दिल्ली, नेपाली प्रवासी संघ वापी लगायत बिभिन संघ संस्थालाई लाखौं सहयोग गरेको छ।

भारतमा अलपत्र परेका नेपालीलाई सहयोग गर्न पनाह फाउन्डेसनका मुख्य अधिकारी नरेशकुमार सिजापतिले यी संघ–संगठनलाई आग्रह गरेका थिए। सीजापतिको आग्रह अनुसार नेपाली हेल्प लाइनमार्फत अन्य संस्थाहरुलाई राहतका आर्थिक सहयोग उपलब्ध गराइएको थियो। लकडाउनमा नेपाली कामदारलाई कुनै समस्या भएमा आवश्यक कानुनी सहयोग गर्ने समेत फाउन्डेसनका मुख्य अधिकारी सिजापतिले बताए।

प्रकाशित मिति: : 2020-05-12 19:19:09

प्रतिकृया दिनुहोस्