पर्सा र बारामा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी

पर्सा र बारामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै  जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले वीरगञ्ज तथा पर्सा जिल्लामा कोरोना संक्रमितहरुको संख्या नियन्त्रण गर्न आज साँझ ८ बजेदेखि अर्को आदेश नभइन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए।

जिप्रका पर्सामा आज साँझ सम्पन्न जिल्ला सुरक्षा समितिको वैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रमण रोग ऐन २०२० को दफा २ बमोजीम निषेधाज्ञा जारी गरेको प्रजिअ कार्कीले जानकारी दिए।

निषेधाज्ञाको समयमा जिल्लामा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा बन्देज गरिएको र ई–पास पनि बुधवारदेखि खारेज गरिएको छ।  

यस्तै भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कोही पनि घरबाट बाहिर ननिस्कन रोक लगाएको छ।

याे पनि

१७ संक्रमित भेटिएपछि वीरगञ्जका विभिन्न क्षेत्र सिल, लकडाउन अझै कडा पारिने

प्रकाशित मिति: : 2020-05-12 19:13:14

प्रतिकृया दिनुहोस्