कोरोना महामारी कहिले अन्त्य होला? कसरी अन्त्य होला?
यो संसारभरिका लागि ज्वलन्त प्रश्न हो।
इतिहासकारहरूका अनुसार कुनै पनि महामारी प्रायः दुई किसिमबाट अन्त्य हुन्छ- एउटा, स्वास्थ्य विज्ञानका कारण, जसले महामारीको प्रभाव र मृत्युदर घट्दै जान्छ। अर्को, सामाजिक कारण, जसले मानिस आजित भएर महामारीले निम्त्याउने रोगबाट भयभीत हुन छाड्छन्।
‘मानिसले महामारी कहिले अन्त्य होला भनेर सोध्नुको अर्थ यसको सामाजिक प्रभाव कहिले सकिएला भन्ने हो,’ जोन हप्किन्स विश्वविद्यालयमा स्वास्थ्य विज्ञानसम्बन्धी इतिहासकार जेरेमी ग्रीनले भने।