मन्त्रिपरिषद् बैठक सुरू, आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

बिएल संवाददाता

काठमाडाै‌ं

मन्त्रिपरिषदको बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो। 

आजको बैठकमा सरकारले आगामी बर्षका लागि ल्याउने नीति तथा कार्यक्रममाथिको छलफल भइरहेकाे छ।

संविधानअनुसार १५ जेठमा प्रस्तुत गर्ने बजेटअघि संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ। आगामी जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने सरकारको तयारी छ। 

प्रकाशित मिति: : 2020-05-12 12:58:22

प्रतिकृया दिनुहोस्