कोरोना महामारी : भ्रमण वर्ष २०२० लाई लक्षित लगानी उच्च जोखिममा

रातोपाटी

काठमाडौँ

प्रयास श्रेष्ठ

मुलुकको अर्थतन्त्रको प्राथमिक आधार क्षेत्र मध्यको एक पर्यटन हो । यो क्षेत्रको राष्ट्रिय उत्पादन कुल ग्राहस्त उत्पादन (जीडीपी) मा झण्डै ७ प्रतिशतको योगदान रहेको छ । पर्यटन रोजगारीको प्रमुख क्षेत्र पनि हो । झण्डै ५ लाख नेपालीहरु प्रत्यक्ष–परोक्ष रुपमा पर्यटन व्यवसायमा आवद्ध छन् । अहिले यहि क्षेत्र विश्व महामारीको रुपमा फैलिरहेको कोरोना अर्थात् कोभिड–१९ को उच्च चपेटामा परेको छ । पर्यटनले अहिलेसम्म भोग्नु नपरेको ठूलो क्षेत्री व्यहोर्नु परिरहेको छ ।

प्रारम्भिक तथ्याङ्गलाई हेर्ने हो भने नेपालको समग्र पर्यटन उद्योग(क्षेत्र) मा करिब १ खर्ब ५० अर्ब बराबरको लगानी देखिन्छ । यो तथ्याङ्ग नेपाल राष्ट्र बैङ्कको हो । तर यता पर्यटन बोर्डले विभिन्न खोज तथा अनुसन्धानबाट तयार गरेको रिपोर्टले भने झण्डै १ खर्ब ७० अर्ब बराबरको लगानी देखाएको छ । यो लगानी पर्यटन र पर्यटनसँग जोडिएका पर्वातारोहण, क्लाइम्बिङ्ग, ¥याफ्टिङ्ग, होटल, रेष्टुरेन्ट, एभियसन(हवाई) लगायत विविध पर्यटन व्यापार व्यवसायहरुमा गरिएको लगानी हो ।

प्रकाशित मिति: : 2020-05-12 08:21:16

प्रतिकृया दिनुहोस्