ओम्नीसँगको सम्झौता बजारमूल्य भन्दा १४ प्रतिशतले बढी हाे, तर भ्रष्टाचार भएको छैनः स्वास्थ्य सचिव

बिएल संवाददाता

काठमाडाै‌ं

 सरकारले ओम्नी ग्रुपबाट गरिएको स्वास्थ्य सामाग्री खरिदमा बजारमुल्य भन्दा बढी रकम तिरेको स्वीकार गरेको छ।   

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले उक्त कुराको स्वीकार गरेका हुन्। 

‘महामारीविरुद्ध कसैले पनि अपराध गर्न सक्दैन। हामीले सामाग्री अभावका कारण उत्पन्न हुन सक्ने भयावह स्थितिको पनि आकलन गरेका थियौं। ओम्नीसँगको सम्झौता बजारमूल्य भन्दा १४ प्रतिशतले बढी भने भएकै हो,’उनले भने। 

उनले ओम्नी ग्रुपसँग स्वास्थ्य सामाग्री खरिद नगरेको भए भयावह स्थिति श्रृजना हुने समेत दाबी गरे। 

‘स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री लगायत परीक्षणका कुनै पनि सामाग्री नभएका बेला ओम्नी ग्रुपसँग स्वास्थ्य सामाग्री खरिद नगरेको भए भयावह स्थिति श्रृजना थियो। यो बिषयमा व.पनि गम्भीर हौँ,’उनले भने। 

उनले कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा कुनै भ्रष्टाचार नभएको पुनः दाबी गरे।  मन्त्रालयले खरिद प्रक्रियाका सम्पूर्ण प्रक्रिया पुरा गरेको पनि उनले बताए। 

स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको र अनियमितामा संलग्नलाई कारवाही नभएको भन्दै समिति सदस्यहरुले प्रश्न गरेपछि सचिव यादवले अनियमितता भएको भए छानबिन गर्न पनि चुनौति दिए। 

प्रकाशित मिति: : 2020-05-11 18:18:54

प्रतिकृया दिनुहोस्