कोभिड १९ले सम्झाएको विकास र वातावरणबीचको संघर्षकथा

देशसञ्चार

काठमाडौँ

कृष्ण प्रसाद पौडेल

पहिलो र दोश्रो विश्व युद्धपछि प्रकृति दोहनमा निस्केका साम्राज्यवादी शासकहरु थकित थिए । यो युद्धले समग्र मानव चेतनालाई एउटा ठूलो सपनाबाट बिउँझाइदिएको थियो। तर यससँगै यो युद्धले विषाक्त वातावरण र यसले निम्त्याउने भविष्यको जोखिम समेत छोडेर गएको थियो। ती जोखिम अरु केही नभएर युद्धमा प्रयोग हुन बाँकी रहेका, बन्दै गरेका र थप बनाउन तयार पारिएका विषादीका विशाल भण्डार थिए।

युद्ध समापनको घोषणा गर्दै सन् १९४९ जनवरी २०का दिन अमेरिकी सिनेटलाई सम्बोधन गर्दा तत्कालीन राष्ट्रपति हेरी ट्रुमनले दोश्रो विश्वयुद्धमा ठूलो सफलता हात पारेको अमेरिकाको अभिमान र वर्चस्वको विम्व प्रस्तुत गर्दै भनेका थिए- अविकसित क्षेत्रको उन्नतिका लागि वैज्ञानिक उपलव्धि र औधोगिकिकरणको प्रगतिको भरपुर उपयोग गर्दै सघाउन अमेरिका तयार हुनुपर्छ। यो भनेसँगै अहिलेको विकास भनेर चर्चित यो सत्रौ शताब्दीमा फैलाउने या विस्तार गर्ने भन्ने अर्थमा फ्रेन्च भाषमा प्रयोग भएको विकास या सबृद्धि शव्द र यसले बोकेको पश्चििमी विकासको ढाँचा अहिलेको कोरोना जस्तै सबैतिर फैलियो ।

प्रकाशित मिति: : 2020-05-10 18:24:41

प्रतिकृया दिनुहोस्