एयर इन्डियाका पाँच जना पाइलटमा कोरना भाइरसको संक्रमण देखिएको छ।
गत अप्रिल १८ मा चीनको ग्वाङ्जाउबाट स्वास्थ्य सामग्री भारत ल्याएर आएका पाइलटहरूमा कोरोना पुष्टि भएको भारतीय मिडियाले जनाएका छन्।
एयर इन्डियाका विमानहरू चीनको सांघाइ र हङकङमा पनि पुगेको छ।
एयर इण्डियाले लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई फिर्ता ल्याउनमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ।
शनिबार ७७ जना पाइलटमा गरिएको परीक्षणमध्ये पाँच जनामा कोरोनाको संक्रमण देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
पछिल्लो समय तिब्र रूपमा बढिरहेको कोरोला संक्रमणका कारण भारतमा २ हजार बढीको ज्यान गइसकेको छ।
यो समाचार तयार पार्दासम्म भारतमा ६४ हजार मानिसमा कोरोना संक्रमण देखापरेको छ।