आजदेखि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल सुरु हुँदै

बिएल संवाददाता

काठमाडाै‌ं

संसदमा आइतबारदेखि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल सुरु हुँदैछ। 

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। सो बैठकमा अर्थ मन्त्री डा. युवराज खतिवडाले पूर्व बजेट छलफलको प्रस्ताव पेश गर्ने छन्। जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकाले आजदेखी पूर्व बजेटमा छलफल सुरु गर्ने तयारी छ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
 

प्रकाशित मिति: : 2020-05-10 10:01:41

प्रतिकृया दिनुहोस्