बर्नीको अगुवाइमा अमेरिकी सिनेटमा मासिक दुई हजारको राहत विधेयक 

बिएल संवाददाता

वासिङ्टन डीसी-अमेरिका

अमेरिकी सिनेटर बर्नी स्याण्डर्सले अरू दुई डेमोक्रेटिक सिनेटरसँग मिलेर कोरोना संक्रमणविरूद्ध लड्न मासिक राहतको प्रस्तावसहित मन्थ्ली इकोनोमिक क्राइसिस सपोर्ट एक्ट सार्वजनिक गरेका छन्। 

शुक्रबार सार्वजनिक गरिएको विधेयकका सह-प्रस्तोतामा क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिस र मासाचुसेट्सका सिनेटर एड मार्की रहेका छन्। 

उनीहरूले प्रस्ताव गरेको विधेयकमा वर्षमा एकलाख २० हजारभन्दा कम कमाउने करदातालाई महिनाको दुई हजार राहत चेक पठाइने उल्लेख छ। यसैगरी वार्षिक आम्दानी दुईलाख ४० हजारभन्दा कम भएका श्रीमान् र श्रीमतीले संयुक्त रूपमा कर दाखिला गरेका छन् भने उनीहरूलाई मासिक चार हजार दिनुपर्ने प्रस्ताव गरिएको छ। उनीहरूको प्रस्तावमा १७ वर्षसम्मका बढीमा तीन छोराछोरीलाई दुई हजारका दरले राहत दिनुपर्ने पनि उल्लेख छ।

उनीहरूको विधेयकमा कम्तीमा पनि तीन महिनाका लागि राहत चेक उपलव्ध गराउनुपर्ने प्रस्ताव गरिएको छ।

अमेरिकी सिनेटमा दर्ता गरिएको यो विधेयकका पक्षमा उनीहरूले लविङ सुरू गरेका छन्। 

अमेरिकी करदाताले भोग्नुपरिरहेको यो अस्वभाविक परिस्थितिको सामना गर्न यसअघि दिइएको १२०० को राहत चेक ज्यादै कम रहेको बताउँदै उनीहरूले अमेरिकी अर्थतन्त्रलाई चलायमान बनाउन पनि यति राहत दिनुपर्ने बताएका छन्। 

अमेरिकामा यो चुनावी वर्ष भएकाले मतदातालाई खुशी पार्नुपर्ने बाध्यता दुबै पार्टीलाई छ। यो विधेयक पारित हुँदा धेरै मतदाता खुशी हुने भएकाले यसको विरोध गरेर जनविरोधी छवि बनाउने चुनौति कुनै पनि सिनेटर वा सांसदले नलिन सक्छन्। त्यसैले झट्ट हेर्दा अस्वभाविक जस्तो लागे पनि यो विधेयक पास नहोला भन्न सकिन्न। 

अमेरिकाको इतिहासमै निम्न तथा निम्नमध्यम आय भएका करदाताका लागि प्रस्ताव गरिएको यो सबैभन्दा ठूलो राहत विधेयक हो।

यो विधेयक सिनेटमा छलफलमा ल्याइन्छ कि ल्याइदैन?, ल्याइयो भने पनि रिपब्लिकनहरुको बहुमत भएको अनुदारवादी सिनेटले पास गर्छ कि गर्दैन ? त्यो हेर्न बाँकि नै छ। यदि माथिल्लो सदन सिनेटमा यो विधेयक पारित भयो भने डेमोक्रेट्सको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्समा यो विधेयक पारित हुने सम्भावना बढी नै छ। 

अमेरिकामा यो चुनावी वर्ष भएकाले मतदातालाई खुशी पार्नुपर्ने बाध्यता दुबै पार्टीलाई छ। यो विधेयक पारित हुँदा धेरै मतदाता खुशी हुने भएकाले यसको विरोध गरेर जनविरोधी छवि बनाउने चुनौति कुनै पनि सिनेटर वा सांसदले नलिन सक्छन्। त्यसैले झट्ट हेर्दा अस्वभाविक जस्तो लागे पनि यो विधेयक पास नहोला भन्न सकिन्न। 

यस विधेयकका प्रस्तोता डेमोक्रेटिक राष्ट्रपतिको उम्मेद्वार रहिसकेका बर्नी स्याण्डर्स र कमला ह्यारिस अनि अर्का प्रभावशाली सिनेटर मर्की समेत रहेकाले यसको ओज पनि ठूलै छ।   

प्रकाशित मिति: : 2020-05-09 22:40:59

प्रतिकृया दिनुहोस्