उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

बिएल संवाददाता

काठमाडाै‌ं

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हाे। 

योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ। शनिबारमात्रै प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएको थियो। 

उदयपुरकै उनीहरु १८, ४५ र ६५ वर्षीया महिला रहेका थिए। यस्तै १७, १८ र १८ वर्षका पुरुषमा संक्रमण देखिएको व्यक्ति हुन कपिलवस्तुका उनीहरु बिहीबार भेटिएका दुई संक्रमितहरूसँगै वैशाख २४ गते लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ।

यता अर्का संक्रमित वीरगञ्ज उपमहानगरपालिका–३ छपकैयाका ६३ वर्षीय पुरुष हुन्।

उनी किराना पसल सञ्चालक हुन्। छपकैयामा एक परिवारका १८ जनामा संक्रमण भेटिएपछि कट्याक ट्रेसिङका क्रममा उनको पनि थ्रोट स्वाब संकलन गरिएको थियो। उनलाई नारायणी अस्पताल भर्ना गरिएको छ।

पछिल्लो विवरणअनुसार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालभर संक्रमितको संख्या ११० पुगेको छ। 

हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेको छ।

प्रकाशित मिति: : 2020-05-09 21:50:24

प्रतिकृया दिनुहोस्