सीमामा सशस्त्रको असुरक्षित पहरा : आँधीहुरी चल्दा टेन्टमै झुण्डिन्छन् प्रहरीहरू

लोकान्तर

काठमाडौँ

लखन चाैधरी

सदैव खुला रहने नेपाल–भारत सीमा आजभोलि कडीकडाउ छ । आवतजावत बन्द छ ।

कोरोना भाइरस (कोभिड १९) महामारीपछि जारी लकडाउनको क्रममा सीमा क्षेत्रमा कडाइ गरिएको हो । सीमामा सशस्त्र प्रहरी तैनाथ छन् ।

आवश्यक पूर्वाधार नहुँदा खुला सीमा एकाएक कडाइ पारिनु कम चुनौतीपूर्ण पटक्कै छैन । एकाएक आएको चुनौतीको सामना यतिबेला सशस्त्र प्रहरी बलले गर्दै आएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको खक्रौला नाकादेखि दार्चुलाको तिंकरसम्म सशस्त्र प्रहरीले पोस्ट खडा गरी तैनाथ छ । कैलालीको १०१ किलोमिटरमा भारतसँगको सीमानामा ३८ वटा अस्थायी चेक पोस्ट र १०५ वटा डिउटी पोस्ट बनाइएको जनाइएको छ, जहाँ ५५ं० जना तैनाथ छन् ।

प्रकाशित मिति: : 2020-05-09 19:05:03

प्रतिकृया दिनुहोस्