फुर्सत छैन कसैको आफैंलाई नियाल्न

(गजल)

कुसुम गौतम

- टमू म्यान्मार

दुई किनारालाई  जोड्ने काम गर्छ पुलले। 
गहिरो सम्बन्ध तोडिन्छ बोलीको शूलले। 

"चोरकै ठूलो स्वर "हुन्छ आज पनि यहाँ 
कहाँ पश्चाताप मान्छन् र गरेको भुलले। 

तिरस्कृत हुन्छ जब कोही आफन्तबाट
अनि घोचिदिन्छ आत्मा नै कोमल फूलले। 

फुर्सत छैन कसैको आफैलाई नियाल्न
देखिन्न साँचो रूप भित्री मनको धूलले। 

धमिरो लागे पछि हाँगोमा बगावतको
त्यागिदिन्छ रूखबाट सहजमै मूलले।

प्रकाशित मिति: : 2020-05-09 16:59:29

प्रतिकृया दिनुहोस्