अस्ट्रेलियाली प्रधानमन्त्रीद्वारा लकडाउन हटाउने तीन चरणको योजनाको घोषणा

बिएल संवाददाता

क्यानबेर्रा

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार दिउँसो अस्ट्रेलियामा लगाइएको लकडाउन हटाउन तीन चरणको योजना घोषणा गरेका छन्।

प्रधानमन्त्री र राज्य क्षेत्रका नेताहरु सम्मिलित राष्ट्रिय मन्त्रिपरिषद्को बैठकपछि मरिसनले अस्ट्रेलियामा जुलाईको अन्त्यसम्ममा आर्थिक गतिविधि पूर्ण रुपले सञ्चालनमा ल्याइने योजना सार्वजनिक गरेका हुन्।  

पहिलो चरणमा रेस्टुरेन्ट र क्याफेहरू पुनः खोल्न अनुमति दिइने । पारिवारिक जमघटमा पाँच जनासम्म भेला हुन दिइने  भएको छ । बाह्य क्रियाकलापमा  १० जनाको समूह जम्मा हन पाइने अनुमति दिइनेछ । मरिसनले प्रत्येक चरणको कार्यान्वयन हुने बेला राज्य र प्रदेश सरकारले निर्णय गर्ने बताएका छन्।

कोभिड—१९ बाट नष्ट भएको अर्थतन्त्र र समाज पुनः हासिल गर्न तीन चरणको योजना र राष्ट्रिय ढाँचामा राष्ट्रिय मन्त्रिपरिषद्ले सहमति जनाएको उन बताएका छन् ।

यस वर्षको जुलाईको अन्त्यसम्म सुरक्षित अर्थतन्त्र प्राप्त गर्न यी सबै चरणहरू पार गर्ने लक्ष्य भएको प्रधानमन्त्रीले बताएका छन्। 

रकारले सर्वाजनिक गरेको दोस्रो चरणको योजनामा अधिकतम २० जनासम्म भेला हुन दिइने केही व्यक्तिलाई अन्तर्राष्ट्रिय यात्राको लागि अनुमति दिइने र जिम, चलचित्र भवन  र ब्यूटी पार्लरहरू खोल्न दिइने बताइएको छ ।  

तेस्रो चरणमा अस्टे्रलियाको जनपजीवन पूर्ववत रुपमा फर्काउने प्रधानमन्त्री मरिसनको योजना रहेको छ । 

प्रकाशित मिति: : 2020-05-09 13:48:05

प्रतिकृया दिनुहोस्